दार्चुलाका सहायक प्रजिअ मोहन धामीको अध्यागमन विभाग सरुवा, दाहाल प्रशासनमा हाजिर

दार्चुला । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीको अध्यागमन विभाग सरुवा भएको छ । विगत सात महिनादेखी दार्चुलाको सहायक प्रजिअको जिम्मेवारीमा रहनुभएका धामीको अध्यागमन विभाग सरुवा भएपछि दार्चुलाबाट विदाइ तथा फेरी भेटौँला कार्यक्रम गरिएको छ ।

दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कात्तिक पहिलो साता विनोद दाहाल आउनुभएको छ । कात्तिक २ गते धामीको फेरी भेटौँला र दाहालको स्वागत कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । निजामती सेवामा १२ वर्ष विताउनुभएका दार्चुलाको नौगाड गाउँपालिका घर भएका मोहनसिंह धामी अधिकृतमा २०७३ सालमा सिफारिस भएदेखी हालसम्म दार्चुलामै कार्यरत रहनुभएको थियो ।

अधिकृत सिफारिस भएपछि २०७३ चैत २८ गते देखी २०७७ भदौ ११ गतेसम्म झण्डै अढाई वर्ष उहाँ नौगाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुनुहुन्थ्यो । २०७७ साल भदौ २२ गतेदेखी फागुन १८ गतेसम्म जिल्ला समन्वय समिति दार्चुलामा निमित्त समन्वय अधिकारीको जिम्मेवारीमा हुनुहुन्थ्यो । २०७७ साल चैत ३ गतेदेखी २०८१ चैत २७ गतेसम्म सीमा प्रशासन कार्यालय दार्चुलामा दरबन्दी रहनुभएका धामीले यही अवधीमा २०७८ सालमा तीन महिना सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गर्नुभयो । यही अवधिमा दुई वर्ष स्नातकोत्तर (मास्टर्स) तहको पढाइका लागि जापान जानुभयो ।

जापानबाट स्नातकोत्तर सकेर फर्केपछि झण्डै सात महिना दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गर्नुभएका धामीको अहिले अध्यागमन विभाग सरुवा भएको हो । कात्तिक ११ गते देखी लागु हुने गरी रमाना बुझिसकेको र छिटै खटाइएको क्षेत्रमा हाजिर हुने धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?