दार्चुला । आज सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाहरुबीच त्रिपक्षीय बैठक बस्दै छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लाग्नुभएको हो ।
बालुवाटारमा ४ बजे बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो । बैठकमा निर्वाचन सफल पार्ने र परिवर्तन संस्थागन गर्ने विषयमा छलफल हुने उहाँको भनाइ छ ।
बैठकमा जेनजीका तर्फबाट ८–९ वटा समूहका अगूवालाई निम्तो गरिएको बुझिएको छ । राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुनेछन् ।





प्रतिक्रिया