दार्चुला । शुक्ल पक्ष सुरु भएदेखि दार्चुलाका दर्जनौँ शक्तिपिठ र मन्दिरहरुमा जात्राको रौनकता छ । विशेषगरी शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका दर्जनौँ शक्तिपिठ र मन्दिरहरुमा जात्रा लाग्ने गर्दछ ।
आज लेकम क्षेत्रकै प्रशिद्ध लटिनाथ मन्दिरमा जयपुर जात्रा लाग्दै छ । लेकम गाउँपालिका वडा नम्बर ५ जयपुरमा रहेको लटिनाथ मन्दिरमा लाग्ने जात्राको तयारी भव्य भइरहेको छ ।
रात्री जात्राको लागि केही दिन पहिलो देखी नै व्यापारीहरु जयपुर पुगेका छन् ।
जात्राहरुलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न मदिरा र जुवातास निषेध गरिएको छ । यस्त दार्चुलाको लेकम गाउँपालिकाले कात्तिक १३ गते बिहीबार स्थानीय सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित प्रसिद्ध लटिनाथ मन्दिर जयपुरमा लाग्ने रात्री जात्राकोे अवसरमा विहिबार सार्वजनिक विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक राज जोशीले बताउनुभयो ।
बिहीबारका दिन गाउँपालिका मातहतका सबै सरकारी कार्यालय, गैर सरकारी कार्यालय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको प्रमुख प्रशासकीय अधिकृत जोशीले भताउनुभयो । जयपुर मन्दिरमा विहिबार विहानै देखि पुजन जात्रा र राती भव्य जात्रा लग्ने गर्दछ। यो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल नवमीका दिन जात्रा लाग्ने गर्दछ ।
जात्रालाई व्यवस्थित रुपमा सम्पन्न गर्न मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षित र मर्यादित ढंगले कानून र आचारसंहिता पालना गरेर जात्रा मनाउन स्थानीय प्रशासनले अनुरोध गरको छ।





प्रतिक्रिया