दार्चुला । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्र लगायत दलसँग एकता गर्ने निर्णय गरेको छ । गएको १२ गतेदेखि बसेको बैठकले एकता गर्नका लागि नेता व्यवस्थापनलगायत प्राविधिक विषयको टुङ्गो लगाउने जिम्मेवारी सचिवालय बैठकलाई दिने निर्णय गरेको हो ।
पार्टीमा चार सय १९ जनाको केन्द्रीय कमिटी बैठकमा बहुमत नेताहरूले एकताको पक्षमा धारणा राखेका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । संस्थापन पक्षले केन्द्रीय कमिटीबाट माओवादीसँग एकता गर्ने अन्तिम निर्णय गर्ने तयारी गरेको थियो । बैठकमा हतारमा निर्णय गर्न नहुने बलियो मत आएपछि अन्तिम निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिइएको छ ।
केन्द्रीय कमिटीको बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, उपमहासचिब विजय पौडेल, नेतृ रामकुमारी झाँक्रीलगायत एक दर्जन नेताहरुले असहमति राखेपछि माओवादीसँग एकता गर्ने अन्तिम निर्णय हुन सकेन । असन्तुष्ट नेताहरु एमालेसँग संवादमा रहेका छन् ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट नेतालाई लक्षित गर्दै घर फर्कन आहृवान गर्नुभएको छ । एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नेबारे विवाद भइरहेका बेला ओलीले फरक मत राख्नेलाई एमालेमा फर्कन सार्वजनिक रुपमा आहृवान गर्नुभएको हो ।





प्रतिक्रिया