शैल्यशिखर नगरपालिकाद्धारा प्रहरीलाई दुई थान ‘ब्रेथलाइजर’ मेसिन हस्तान्तरण

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले मापसे परिक्षणको लागि प्रहरीलाई ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेको छ । गत सोमबार मालिकार्जुनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले प्रहरी संग मादक पदार्थ सेवन गरेनगरेको चेकजाँच गर्ने मेसिन नभएकोले तीन वटा स्थानीय तह (महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका)ले २-२ थान मापसे चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन खरिद गरि प्रहरीलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार शैल्यशिखर नगरपालिकाले आइतबार २ थान ब्रेथलाइजर मेसिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई हस्तान्तरण गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर विष्टले बताउनुभयो ।

‘बैठकले मालिकार्जुन जात्रालाई लक्षित गर्दै तिन वटै स्थानीय तहलाई मेसिन गरि प्रहरीलाई उपलब्ध गराउन भनेको थियो, हामीले २ थान मेसिन खरिद गरि ट्राफिक प्रहरीले प्रयोग गर्न मिल्ने गरि इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा बुझाएका हौ’ विष्टले भन्नुभयो । जात्रा बाहेक अन्य समयमा पनि मापसे चेकजाँचमा सचिलो हुने विष्टले बताउनुभयो ।

आइतबार नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्टले इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख निरज सिंह भाटलाई ब्रेथलाइजर मेसिन हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?