दार्चुला । नेपाली कांग्रेस महासमिति सदस्य एवम् बागमती प्रदेशसभाकी पूर्वसदस्य रजनी जोन्छेँको ७७ वर्षको उमेरमा निधन भएको छ । शहीद राधेश्याम जोन्छेँकी पत्नी रजनीको मध्यपुर अस्पतालमा क्यान्सरको उपचारका क्रममा आज बिहान निधन भएको हो ।
नेत्री जोन्छेको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, नेपाली कांग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापालगायत नेताले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
आजै भक्तपुरको हनुमानघाटमा जाेन्छेँकाे अन्त्येष्टि गरिने छ । उहाँका तीन छोरा हुनुहुन्छ ।





प्रतिक्रिया