लेकम–६ का गणेश सार्की बचाउ अभियान आह्वान, एमाले वडा कमिटीद्धारा १२ हजार १५० सहयोग

दार्चुला । दार्चुलाको लेकम गाउपालिका वडा नम्बर ६ गणेतका गणेश सार्कीको उपचारमा सहयोग गर्न आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको छ । आर्थिक रुपमा विपन्न रहनुभएका घाइते गणेश सार्की बचाउ अभियान सञ्चालन गरि उपचारमा सहयोगी मनहरुबाट आर्थिक सहयोग संकलन आह्वान गरिएको अभियान्ता दिपेन्द्र बहादुर साउँदले बताउनुभयो ।

सहयोग अभियान अन्तरगत शनिबार (आज) नेकपा (एमाले) लेकम गाउँपालिका वडा नम्बर ६ ले सामुहिक रुपमा आर्थिक सहयोग गरेको छ । वडा कमिटी बैठकले स्थानीय तथा वडा नम्बर ६ का पूर्व वडा कमिटी सहसचिव गणेश सार्कीको उपचारमा आर्थिक सहयोग गरेको एमाले वडा कमिटी अध्यक्ष कुमार सिंह खत्रीले बताउनुभयो । घरमै लडेर घाइते हुनुभएका सार्की अहिले धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचाररत हुनुहुन्छ । आर्थिक अवस्था कमजोर रहेका सार्कीको उपचारमा सहयोग पुगोस भन्ने उद्धेश्यले वडा कमिटीको विभिन्न पदाधिकारी तथा सदस्यहरुको तर्फबाट १२ हजार १५० रुपैयाँ आर्थिक सहयोग गरिएको वडा कमिटी अध्यक्ष खत्रीले बताउनुभयो ।

वडा कमिटी अध्यक्ष कुमार खत्रीको अध्यक्षतामा सञ्चालन भएको बैठकमा जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज फुलुरी खत्रीको प्रमुख आतिथ्यता र निर्वाचित वडाअध्यक्ष हरिबहादुर साउँदको विशिष्ट आतिथ्यता रहेको थियो । वडा कमिटी पदाधिकारी लगायत पार्टी कार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको बैठकबाट एमालेको कार्तिक २५ गते हुने पालिका भेला र कार्तिक २९ गते खलंगामा हुने जिल्ला भेला तथा सद्भाव र्यालीको तयारी गर्ने लगायत विभिन्न निर्णय गरिएको खत्रीले बताउनुभयो ।

सहयोगका लागि सम्पर्क:
दिपेन्द्र साउद
📞 9848427010
सहयोग रकम पठाउन बैंक विवरण:
Account Name: Deependra Bahadur Saud
Account Number: 3108010000279
Bank: Global IME Bank
अपिल: जीवन बचाउन तपाईंको योगदान अमूल्य हुनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?