शान्ति सुरक्षाको वातावरण शिर्जना नगर्दा सम्म निर्वाचन हुन सक्दैनः मुख्यमन्त्री शाह

दार्चुला । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताले शान्ति सुरक्षाको प्रत्याभूति नगर्दासम्म निर्वाचन हुन नसक्ने बताउनुभएको छ। आइतबार दार्चुला सदरमुकाम खंलगामा आयोजित स्थानीय तहका प्रमुख, संघ–प्रदेश–स्थानीय तहका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सबैले मिलेर शान्ति सुरक्षाको वातावरण शिर्जना गरे मात्रै निर्वाचनको वातावरण बन्ने धारणा राख्नुभयो ।

यस्तै मुख्यमन्त्री शाहले विकास निर्माणको लागि तीनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । तीनै तहका सरकार बिच समन्वय हुन नसक्दा प्रभावकारी ढङ्गले विकास निर्माण कार्य हुन नसकेको बताउनुभयो ।

तीनै तहका सरकारबिच हरेक कुरामा समन्वय आश्वय रहेको मुख्यमन्त्री शाहले बाताउनुभयो । उहाँले अहिलेको अवस्थामा संघ प्रदेश र स्थानीय सरकारबिच समन्वय हुन नसेको कारण कतिपय कुराहरुमा समस्या हुने गरेको स्पष्ट पार्नुभयो ।

संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरि कहाँ कुन ठाउँमा कस्ले के योजना निर्माण गर्ने भनेर प्रष्ट पारेर मात्रै बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनुभयो । पछिल्लो समय आवश्यकता नपरेका ठाँउ र स्थानमा बजेट छुट्याइएको र सम्पन्न योजनामा पुनः खर्च देखाइएको गुनासो बढ्दै गएको भन्दै मुख्यमन्त्री शाहले हरेक निकायले कार्यतालिका बनाएर आश्यकताको आधारमा प्राथमिकिकरण गर्नुपर्ने बताउनुभयो । साथै उहाँले विकासका योजनामा सुशासन, पारदर्शिता र प्राथमिकताको स्पष्टता अनिवार्य गर्न सम्बन्ध निकायलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री शाहले जिल्लाका चारै सुरक्षा निकायलाई शान्ती सुरक्षामा कटिबद्ध भएर लाग्न निर्देशन दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल सहित नौ वटै स्थानीय तहका प्रमुख, संघ, प्रदेश र स्थानीय तहका प्रमुखहरु, चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?