दार्चुलाको शैल्यशिखर-९ मा रहेको गोकुलेश्वर माविको भवन निर्माणको लागि सम्झौता

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा ९ मा रहेको गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विद्यालय भवन निर्माणको लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतिय राजदुताबास र नगरपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो ।

भारत सरकारको नेपाल स्थित दुताबासको ९० प्रतिशत र शैल्यशिखर नगरपालिकाको १० प्रतिशत लगानीमा गोकुलेश्वर माध्यमिक विद्यालयको अत्याधुनिक विद्यालय भवन निर्माणको लागि त्रिपक्षिय सम्झौता भएको विष्टले बताउनुभयो ।

भारतिय राजदुताबासको हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्टस् (-High Impact Community Development Project–HICDPs) परियोजना अन्तरग निर्माण हुने विद्यालय भवनको लागि मन्त्रालयको तर्फबाट उप-सचिव प्रलाद्ध कुमार कार्की, दुताबासको तर्फबाट काउन्सलर अभिनास कुमार सिंह र (परियोजना कार्यान्वयन गर्ने पक्ष) शैल्यशिखर नगरपालिकाको तर्फबाट नगर प्रमुख विजय सिंह धामीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको विष्टले बताउनुभयो ।

डिपिआर सहित कुल १९ करोड ३३ लाख ४८ हजार १ सय ४० रुपैँया लागत रहेकोमा विद्यालय भवन निर्माणको लागि १५ करोड तीन लाख १८ हजार तीन सय १८ रुपैँया भारत सरकारले उपलब्ध गराउने र १ करोड ५० लाख नगरपालिकाले व्यहोर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको विष्टले बताउनुभयो ।

यसरी भारत सरकारको ९० प्रतिशत र नगरपालिकाको १० प्रतिशतमा विद्यालय भवन निर्माण हुने छ ।

अबको एक साता भित्रै नगरपालिकाले विद्यालय भवन निर्माणको लागि ठेक्का प्रक्रिया अगाडी बढाउने पनि विष्टले बताउनुभयो । ठेक्का सम्झौता भएको १५ महिना भित्र निर्माण कार्य सम्पन्न गर्नेगरि सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

विष्टका अनुसार परियोजना अन्तरगत ४ वटा भवन निर्माण हुने छन् । जस्मा कक्षाकाठा, प्रयोगशाला, पुस्तकालय, छात्राबास, चमेनागृह, र कबडहल रहने छ भने घेर पर्खाल, बगैँचा लगायतका संरचना पनि निर्माण हुने छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?