बैतडीका १० पालिकामध्ये स्वास्थ्य क्षेत्रमा पाटन उत्कृष्ट

दार्चुला । बैतडीका १० ओटा स्थानीय तहमध्ये स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट भएको छ ।

स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य क्षेत्रका कार्यक्रम सम्पादनमा पाटन नगरपालिका उत्कृष्ट भएको घोषणा गरिएको हो । यस्तै दशरथचन्द नगरपालिका दोश्रो र सुर्नया गाउँपालिका तेश्रो भएको छ ।

स्थानीय तहहरुले गत आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका कामहरुको आधारमा उत्कृष्ट पालिका छनौट गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिनुभयो।

सामाजिक विकास मन्त्रालयले तय गरेका सूचक, समन्वय र सहकार्य तथा स्वास्थ्य क्षेत्रमा नवीनतम् अभ्यास गरेका पालिकाहरुलाई उत्कृष्ट पालिकाको रुपमा छनौट गरिएको हो ।

पालिकाहरुले स्वास्थ्य कार्यक्रमको लक्ष्य प्राप्ति र सेवा उपयोग दर, समयमै सही तथ्यांक प्रविष्ट गरेको, अनुगमनको समयमा सुधारात्मक कार्यान्वयन देखिएको, नवीन पहल र सिर्जनात्मक अभ्यास गरेको, तालिममा सिकेका सीपहरुको प्रयोग गरेको लगायतका सूचकहरुको आधारमा उत्कृष्ट पालिका छनौट गरिएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत रितेन्द्र बडूले बताउनुभयो ।

उत्कृष्ट पालिकाहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको छ । यस्तै बार्षिक समीक्षा गोष्ठीमा अन्य बाँकी सातओटा पालिकाहरुलाई समेत सम्मान गरिएको छ ।

स्वास्थ्य कार्यालयले गरेको सम्मानले स्वास्थ्य क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो ।

दशरथचन्द नगरपालिकाले समग्र दोश्रो स्थान प्राप्त गर्दा खुसी लागेको बताउँदै स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले आगामी दिनमा थप उत्साहका साथ काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?