दार्चुला । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला आउँदै गरेको बसमा सवार एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको महाकाली यातायताताको बसमा सवार अन्दाजी ४४-४५ वर्षीया महिला बसमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बैतडीको सिगास गाउँपालिका घर भएकी अन्दाजी ४४-४५ वर्षीया जानकी चन्द खोडपेबाट बसमा चढेको दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानी पुग्दा बेहोस भएकोमा जिल्ला अस्पतालमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टे जानकारी दिनुभयो ।
चन्दलाई उहाँका आफन्तले शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानी नजिक विहान उठाउन खोज्दा नउठेपछि मालिकार्जुन प्रहरी चौकीमा खबर थिए । त्यसपछि प्रहरीले आफ्नै गाडीमा हालेर जानकीलाई जिल्ला अस्पताल पुगाएको थियो ।
माइतीघर दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलामा आफ्नी भदैनीको विहेमा जान लागेकी जानकीको बिचबाटोमै ज्यान गएपछि चन्दसंगै विबाहमा जान लागेका उहाँका दिदि भिनाजु पनि साथमै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बसको ९ नम्बर सिटमा बसेकी चन्द मालिकार्जुन आसपास पुग्दा बेहोस भएको भनेर प्रहरीलाई खबर प्राप्त भएको उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको र शव परिक्षणको लागी जिल्ला अस्पतालमा राखिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया