दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले किसानहरुबाट घिउ, मह र दाल खरिद गर्ने भएको छ । गाउँपालिकाले उपाध्यक्ष कोसेली कार्यक्रम र बहुक्षेत्रीय पोषण कार्यक्रमको साझेदारीमा कृषकहरुबाट कृषि उपज खरिद गर्न लागेको हो ।
उपाध्यक्ष कोसेली कार्यक्रम अन्तरगत सुत्केरी भएका महिलाहरुका लागि स्थानीय उत्पादनमा आधारित खाद्यान्न घ्यु, मह र दाल खरिद गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा सञ्चालित बहुक्षेत्रिय पोषण कार्यक्रम र उपाध्यक्ष कोसेली कार्यक्रमको साझेदारीमा स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुलाई घिउ, मह र दाल वितरण गर्ने कार्यक्रम रहेकाले त्यसको लागि स्थानीय उत्पादन गाउँपालिकाले खरिद गर्न लागेको हो ।
गाउँपालिकाले २ सय ५० किलोग्राम घ्यु, २ सय ५० किलोग्राम मह र पाँच सय किलोग्राम दाल खरिद गर्ने तयारी भइरहेको बहुक्षेत्रीय पोषण कार्यक्रमका सहजकर्ता अल्का ठगुन्नाले बताउनुभयो ।





प्रतिक्रिया