दार्चुला । दार्चुलाको अपिहिमालबाट प्रहरीले २ थान भरुवा भन्दुक बरामद गरेको छ ।
सोमबार (हिजो) अपिहिमाल गाउँपालिका वडा नम्बर १ खायाकोट स्थित जंगलमा लुकाएर राखेको अवस्थामा २ थान एकनाले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
खण्डेश्वरी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले बताउनुभयो । घट्नाकोे विषयमा थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।





प्रतिक्रिया