दार्चुला । नेकपा (एमाले) दार्चुलाले आइतबार बसेको जिल्ला कमिटीको सातौं पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता एवं एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज, पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कमिटीको सातौं पुर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको एमाले दार्चुलाका सचिव उमेश राज जोशीले जानकारी दिनुभयो ।
बैठकले गत कार्तिक २९ गते नेकपा एमाले केन्द्रीय कमिटीको निर्णयानुसार जिल्ला सदरमुकाम खलंगामा भएको जनप्रर्दशन र जागरणसभा भव्यताका साथ सफल भएको जनाएको छ । यसले आम जनसमुदायमा नेकपा एमाले प्रतिको जनसमर्थन दार्चुला जिल्लामा प्रमुख पार्टी रहेको प्रमाणित गरेको एमाले दार्चुलाले जनाएको छ।
बैठकले कार्यक्रम सफल पार्न अहोरात्र खटिने र नेता कार्यकर्ता तथा जनसमुदायहरुमा जिल्ला कमिटीले धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको कार्यालय सचिव नारायण दत्त भट्टले बताउनुभयो ।
यस्तै यहि मंसिर २७ गते देखि २९ गते सम्म हुने नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न र २७ गतेको ऐतिहासिक सभामा काठमाडौंमा सहभागी हुन संम्भव भएका व्यक्तिलाई महाधिवेशनमा खटाउने निर्णय गरेको छ ।
केन्द्रिय कमिटी मार्फत गरेका निर्णयहरुको पक्षमा एमाले दार्चुला एक ढिक्का भएर लाग्ने निर्णय गरेको सचिव उमेश राज जोशीले बताउनुभयो । त्यस्तै दार्चुलाबाट माहाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट गर्ने र एकतावद्ध भई केन्द्रिय कमिटी,आयोग र निकायमा सहभागी गराउन पहल गर्ने, पार्टीको आर्थिक विभाग द्वारा प्रस्तुत कार्ययोजनालाई कडाईका साथ लागु गर्न सम्बोधित कमिटी मार्फत पुनः ताकेता गर्ने, लेवि बाँकी नेता कार्यक्रताहरुले पार्टीको चुन्ने र चुनिने प्रक्रियामा भाग लिन नपाउने निर्णय गरेको उहाँले बताउनुभयो ।
यस्तै बैठकले विभिन्न समूहमा रहेका बामपार्टी प्रगतिशील र देशभक्त जनसमुदायहरुलाई नेकपा एमालेमा समाहितआह्वान समेत गरेको छ । नेकपा एमालेबाट विभिन्न समयमा अन्य समूहमा गएका व्यतिहरुलाई घर फर्कन अनुरोध गरिएको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो ।
साथै यो अभियानको लागि पहल गर्न ६ सदस्यीय कार्यदल गनठन गरिएको छ । जसको नेतृत्व एमाले पोलिटब्युरो सदस्य, जिल्ला इन्चार्ज गणेश सिंह ठगुन्नाले गर्नुहुने छ ।
कार्यदलमा केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी सचिवालय सदस्य प्रेम सिंह धामी, प्रदेश कमिटी सचिवालय सदस्य मोहन सिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी सदस्य रहने गरी कार्यदल गठन गरिएको सचिव जोशीले जानकारी दिनुभयो।





प्रतिक्रिया