सिमरा विमानस्थल क्षेत्रमा झडप, बेलुकी ८ बजेसम्म कर्फ्यु

दार्चुला । बाराको सिमरा विमानस्थल क्षेत्रमा झडप भएपछि कर्फ्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले दिउँसो साढे १२ बजेदेखि बेलुकी ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गर्नुभएको हो ।

विमानस्थल आसपास क्षेत्रमा जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो । सिमरा विमानस्थलमा एमाले नेतालाई स्वागत गर्न भेला भएका कार्यकर्ता र जेनजी समूहबीच झडप भएको हो ।

आज बारामा हुने पार्टीको कार्यक्रमका लागि एमाले नेताहरू शङ्कर पोखरेल, महेश बस्नेतलगायत सिमरा जाने कार्यक्रम थियो । झडपपछि सिमरा विमानस्थलमा काठमाण्डौबाट विमान गएको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?