जिल्ला निर्वाचन कार्यालय दार्चुलामा मतदाता नामावली दर्ता गर्नेको भिड बढेको छ । नामावली दर्ता गर्ने समय घर्किनै लाग्दा नाम दर्ता गर्न आउनेहरू बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार केही दिनयता मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढेको छ । आगामी फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधि सभा निर्वाचन लक्षित भइरहेको अध्यावधिक कार्यमा बुधबार सम्म करिब १३ यस मतदाता थपिएको जोशीले बताउनुभयो ।
जोशीका अनुसार गत असोज १० देखि बुधरबार कार्यालय समय सम्म ७ सय ९ पुरुष र ५ सय ७९ महिला गरि १ हजार २ सय ८८ जना नयाँ मतदाता थपिएका छन् । त्यस्तै १६ जना अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालय दार्चुलाबाट मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
यस अघि कार्तिक ३० गते सम्म अद्यावधिक गर्ने समय तोकिएकोमा नाम दर्ता गराउनेको संख्यालाई लक्षित गरि आयोगले मंसिर ५ गते भोली सम्म समय थपेको थियो । सोही अनुसार शुक्रबार भोली सम्म मतदाता नामावली अद्यावधिक कार्य सञ्चालन हुने जोशीले बताउनुभयो ।





प्रतिक्रिया