गोकुलेश्वर बजारमा सिसिटिभी जडान र सुरक्षा व्यवस्थापनको लागि सरोकारवाला बिच छलफल

दार्चुला । दार्चुलाको गोकुलेश्वर बजारको शान्ती सुरक्षा चुस्त दुरुस्त बनाउन सरोकारवालाहरुबिच छलफल गरिएको छ । विहिबार (आज) इलाका प्रहरी कार्यालय गोकुलेश्वरको संयोजकत्वमा बजार क्षेत्रमा नगरपालिका, बजार व्यवस्थापन समिति र अन्य सरोकारवाला बिच समन्वयात्मक छलफल भएको हो ।

छलफलमा शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट, इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख, प्रहरी निरीक्षक निरज सिंह भाट, बजार व्यवस्थानि समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, गोकुलेश्वर स्थित विभिन्न बैंकका प्रतिनिधि, व्यापारी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

छलफलमा मुख्य गरि गोकुलेश्वर बजार क्षेत्रको शान्ती सुरक्षा चुस्त दुरुस्त बनाउन बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्ने, गोकुलेश्वर बजारमा रहेको प्रहरी चेक पोष्टको स्तरोन्नती गर्ने लगायतका विषयमा छलफल भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख, प्रहरी निरीक्षक निरज सिंह भाटले जानकारी दिनुभयो ।

सोही क्रममा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख, प्रहरी निरीक्षक निरज सिंह भाटले बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान र सुरक्षा पोष्टको स्तरोन्नतीको लागि नगरप्रमुख विजय सिंह धामीलाई प्रस्ताव पत्र पेश गर्नुभएको थियो ।

पत्र बुझ्दै नगरप्रमुख विजय सिंह धामीले बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडानको लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको उहाँले बताउनुभयो । जिल्लाकै दोस्रो ठुलो बजार तथा दार्चुला जिल्लालाई जोड्ने एक मात्रै मुख्य क्षेत्र रहेकोले गोकुलेश्वर बजारको शान्ती सुरक्षा प्रवन्धले जिल्ला भरिकै शान्ती सुरक्षा चुस्त दुरुस्त बनाउन सहयोग पुग्ने नगरप्रमुख धामीले बताउनुभयो । उक्त कार्यको लागि नगरपालिका सहयोग गर्न सकारात्मक रहेको उहाँको भनाई थियो ।

त्यस्तै सिसिटिभी जडान तथा प्रहरी पोष्टको स्तरोन्नती गर्नेकुरामा अन्य सहभागिहरु पनि सकारात्मक रहेको प्रहरी निरीक्षक भाटले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?