दार्चुला । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अब विशेष महाधिवेशनको विकल्प नरहेको बताउनुभएको छ । सोमबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताउनुभएको हो ।
ूविधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ, थापाले सामाजिक सञ्चालनमा उल्लेख गर्नुभएको छ ।
महामन्त्री थापाले नयाँ नीति र नेतृत्वसहित नयाँ सभापतिको हस्ताक्षरमा पार्टी चुनावमा जाने स्पष्ट पार्दै यसबारेमा अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।





प्रतिक्रिया