दार्चुला । दार्चुलामा यो वर्ष स्याउ उत्पादन घटेको छ । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष स्याउ उत्पादन घटेको हो ।
अहिले जिल्लाका ४ स्थानीय तह, अपिहिमाल, नौगाड, व्याँस र मार्मा गाउँपालिकामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम परियोजना अन्तरगत स्याउ खेती विस्तार भइरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, दार्चुलाका पमुख कमल तामाङले बताउनुभयो ।
हाल दार्चुलामा २ सय ६५.२८ हेक्टर क्षेत्रफल जमिन स्याउ खेतीको लागि उपयुक्त रहेको भएमा त्यस मध्ये १ सय ६० हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भइरहेको छ । जस्मा यो वर्ष १३ सय मेट्रिकटन स्याउ उत्पादन भएको तामाङले बताउनुभयो । गत वर्ष दार्चुलामा झन्डै २२ सय मेट्रिकटन स्याउ उत्पादन भएकोमा यो वर्ष विभिन्न कारणले स्याउ उत्पादन घटेको उहाँले बताउनुभयो ।
यो वर्ष अत्याधिक असिनापानी परेको कारण उत्पादनमा कमि आएको उहाँले बताउनुभयो । दार्चुलामा स्याउको ८.३५ मेट्रिकटन प्रति हेकटर उत्पादकत्वक रहेको तामाङले बताउनुयो । मुख्य गरि ब्याँसको छाङरु, नौगाडको जात्रा र मानाकोट, अपिहिमालको पाथा, खण्डेश्वरी र लिथि लगायतका ठाउँहरुमा राम्रो स्याउ उत्पादन हुने गरेको छ । दार्चुलामा राम्रो स्याउ उत्पादन हुने र बजार पनि राम्रो रहेको भए पनि कृषकहरुले व्यवसायीक रुपमा स्याउ खेती गर्न नसकेको उहाँले बताउनुभयो ।
परियोजनाल स्याउ खेती विस्तारको लागि कार्यालयक्रम सञ्चालन गरिरहेको तर कृषकहरुको सहभागिता न्युन हुने गरेको उहाँको भनाई छ। स्याउ खेती विस्तारको लागि लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्नुपर्ने तर त्यस्मा कृषकहरुले लगानी गर्न डराउने गरेको उहाँले बतायनुभयो ।
अहिले पनि ५० प्रतिशत कार्यालय र ५० प्रतिशत स्वयम कृषकको लगानीमो कार्यक्रम रहेकोभए पनि कृषकहरुको न्युन सहभागिता हुने गरेको तामाङले बताउनुभयो । अहिले दार्चुलामा उत्पादन भएको स्याउ स्थानीय बजारहरुमै पनि मजाले खपत हुने अवस्था रहेको छ ।





प्रतिक्रिया