दार्चुला यो वर्ष करिव ४ प्रतिशतले धान उत्पादन घट्यो

दार्चुला । दार्चुलामा धान उत्पादनमा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ मा धान ३.८५ प्रतिशतले धान उत्पादनमा कमी आएको हो ।

गत आर्थिक वर्ष २०८१÷०८२ मा १२ हजार ५ सय ५८.४८ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष १२ हजार ७५ मेट्रिकटन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी शिशिर आचार्यले बताउनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन ४८३.४८ मेट्रिकटनले घटेको छ । यो कमी कुल उत्पादनको करिब ३.८५ प्रतिशत हो। कृषि क्षेत्रमा परेको मौसमी प्रभाव, रोग–कीराको प्रकोप लगायतको कारण यो बर्ष उत्पादनमा कमी आएको आचार्यले बताउनुभयो ।

दार्चुलामा ४ हजार २ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?