दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले गाउँबस सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका नागरिकहरुलाई सहज रुपमा यातायात सेवा प्रदान गर्ने उदेश्यसहित गाउँपालिका भित्र गाउँबस सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष जगत सिंह ठगुन्नाले बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर ६ धुलीगाडाको सुकाखोला देखि वडा नम्बर ३ खार सम्म नियमित रुपमा गाउँपालिकाले बस सञ्चालन गर्ने उहाँले बताउनुभयो । अहिले तत्काल पिच भएको सडकमा बस सञ्चालन हुने उहाँले बताउनुभयो । सो प्रयोजनको लागि गाउँपालिकाले एक थान बस खरिद गरेको उपाध्यक्ष ठगुन्नाले बताउनुभयो । भोली धनगडीबाट बस आउने र एक दुई दिन बाटै नियमित रुपमा गाउँबस सेवा सञ्चालन हुने उहाँले बताउनुभयो ।
गाउँपालिकाले सञ्चालन गर्ने बसमा ७० वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्ग तथा असहायलाई भाडामा छुट दिईने र अरु नागरिकहरुलाई पनि सहज, नियमित र सुलभ तवरले यातायात सुविधा प्रदान गरिने उपाध्यक्ष ठगुन्नाले बताउनुभयो ।





प्रतिक्रिया