लेकमको लिसिनी भिरमा सडक निर्माण सुरु, उक्त क्षेत्रमा आवतजावत नगर्न आग्रह

दार्चुला । दार्चुलाको लेकम गाँपालिका अन्तरगत रहेको ऐरिछिना-धनथला सडक खण्डको लिसिनी भिरमा सडक निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाको निर्माणधिन ऐरिछिना-धनथला सडक खण्ड अन्तरगत रहेको उक्त भिरमा विहिबार(आज) बाट सडक निर्माण कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

कडा चट्टानी क्षेत्र रहेको लिसिनी भिरमा मेसिन लगाएर सडक निर्माण कार्य भइरहेकोले उक्त क्षेत्रमा आवतजावत नगर्न आग्रह गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थानेश्वर बोकटीले बताउनुभयो ।

त्यस्तै सो क्षेत्रमा खर काट्ने, चरिचरन गर्ने लगायतका अन्य कार्यहरु पनि गाउँपालिकाले आग्रह गरेको छ । साथै सो आसपासमा कसैको निजी तथा सार्वजनिक स्वामित्वमा रहेका चल अचल सम्पत्ति भएमा तुरुन्त सुरक्षित स्थानमा सारेर सडक निर्माणमा सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?