दार्चुला । नेकपा एमालेको जारी मतगणनामा पूर्वमाओवादी नेताहरूले लोकप्रिय मत पाएका छन्। माओवादीबाट आएकामध्ये उपाध्यक्षमा रामबहादुर थापा बादल र उपमहासचिवमा लेखराज भट्ट उम्मेदवार छन्।
अहिलेसम्म ११३९ मत गणनाको नतिजा आउँदा उपाध्यक्षमा बादलले ७७४ पाएका छन्। उनी उपाध्यक्ष उम्मेदवारमध्ये शीर्ष दुईमा छन्।
उपमहासचिवमा भने लेखराज भट्ट ७३४ मत पाएर शीर्ष स्थानमा छन् । बादल र भट्टले दुवै प्यानलको मत पाएको देखिएको छ। उनीहरू दुवैको जित निश्चित प्रायः छ ।





प्रतिक्रिया