दार्चुला । दार्चुला भन्सार कार्यालयले चालु आर्थिक वर्षको शुरुवाती ५ महिनामा झन्डै ५६ लाख राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को पहिलो ५ महिनामा ५५ लाख ९२ हजार बढी राजस्व संकलन भएको दार्चुला भन्सार कार्यालयका प्रमुख दिनेश धामीले जानकारी दिनुभयो ।

कार्यालयले चालु आर्थिक बर्षको साउन महिनामा भन्सार महशुल आयात शुल्क तर्फ ४ लाख ३६ हजार ५ सय ७० रुपैँया, पैठारी भन्सार दस्तुर तर्फ ७ हजार रुपैँया, मुल्य अभिवृद्धी कर तर्फ ६० हजार २ सय ७० रुपैयाँ र १ हजार २ सय ८९ अन्तःशुल्क तर्फ गरि कुल ५ लाख ५ हजार १ सय २९ रुपैँया राजस्व संकलन भएको कार्यालय प्रमुख धामीले बताउनुभयो ।

त्यस्तै भाद्र महिनामा १४ लाख ७८ हजार २ सय ८० रुपैँया भन्सार महशुल आयात शुल्क, ३ हजार ५ सय रुपैँया पैठारी भन्सार शुल्क, १ लाख ७४ हजार ३ सय रुपैँया स्वास्थ्य जोखिम कर, १ लाख ९३ हजार ७५ रुपैँया मुल्य अभिवृद्धि कर, ६७ हजार ३ सय ९८ रुपैँया अन्तःशुल्क र ४८ हजार ९ सय ६६ रुपैँया अन्य कर तथा प्रशासन सेवा शुल्क शिर्षकमा गरि कुल १९ लाख ६५ हजार ५ सय १९ रुपैँया राजस्व संकलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ।

असोजमा ४ लाख ५४ हजार ८ सय ३१ रुपैँया भन्सार महशुल आयात, ६५ हजार ८ सय ३३ रुपैँया मुल्य अभिवृद्धि कर, १५ हजार ५ सय ७१ रुपैँया अन्तःशुल्क र ११ हजार रुपैँया अन्य कर तथा प्रशासन सेवा शुल्क शिर्षकमा गरि कुल ५ लाख ४७ हजार २ सय ४० रुपैँया, कार्तिक महिनामा ९ लाख ७२ हजार १ सय ६५ रुपैँया भन्सार महशुल आयात शुल्क, १ लाख ३४ हजार ३ सय ३४ रुपैँया मुल्य अभिवृद्धि कर, ६३ हजार रुपैँया सडक निर्माण तथा संभार दस्तुर र ६ हजार रुपैँया अन्य कर तथा प्रशासन सेवा शुल्क शिर्षकमा गरि ११ लाख ७८ हजार ५ सय ५८ रुपैँया र मंसिर महिनामा धरौटी सदरस्याहा शिर्षकमा ८ लाख ६१ हजार २ सय ४२ रुपैँया, भन्सार महशुल आयकर शिर्षकमा ३ लाख ९० हजार ७ सय ८७ रुपैँया, मुल्य अभिवृद्धी कर शिर्षकमा १ लाख ५ हजार ७ सय १० रुपैँया, आकस्मिक लाभ कर शिर्षकमा २६ हजार ८ सय ६४ रुपैँया, अन्तःशुल्क शिर्षकमा ३ हजार २ सय २७ रुपैँया र भन्सार सम्बन्धी अन्यकर शिर्षकमा ८ हजार रुपैँया गरि कुल १३ लाख ९५ हजार ९ सय ३० रुपैँया राजस्व संकलन भएको कार्यालय प्रमुख धामीले बताउनुभयो लोकदर्पण ।

यसरी कार्यालयले चालु आर्थिक वर्षको सुरुवाती ५ महिनाको अवधीमा भन्सार महशुल आयात शिर्षकमा सबैभन्दा बढी २५ लाख ९५ हजार ७४ रुपैँया राजस्व संकलन गरेको छ । त्यस्तै धरौटी सदरस्याहा शिर्षकमा १९ लाख ९८ हजार ८ सय १ रुपैँया, मुल्य अभिवृद्धि कर शिर्षकमा ५ लाख ५९ हजार २ सय २७ रुपैँया, स्वास्थ्य जोखिमकर शिर्षकमा १ लाख ७४ हजार ३ सय रुपैँया, अन्तःशुल्क शिर्षकमा ९० हजार ६सय ४४ रुपैँया, सडक निर्माण तथा सम्भार दस्तुर शिर्षकमा ६३ हजार रुपँैया, आकस्मिक लाभ कर शिर्षकमा ७१ हजार ८ सय ३० रुपैँया, भन्सार सम्बन्धी अन्य आयकर शिर्षकमा ३५ हजार ५ सय रुपैँया, अन्य प्रशासनिक सेवा शुल्क ४ हजार रुपैँया गरि कुल ५५ लाख लाख ९६ हजार ४ सय ६६ रुपैँया राजस्व संकलन भएको कार्यालय प्रमुख दिनेश धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?