विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ लाख नाघ्यो, २ करोड ९३ लाख निको

विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख नाघेको छ ।

विश्वभर ३ करोड ९१ लाखमा कोरोना पुष्टि भएकोमा ११ लाख ३ हजारको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । जसमध्ये दुई करोड ९३ लाख निको भएका छन् ।

अहिले ८६ लाख ९७ हजार सक्रिय सङ्क्रमित रहेकामा एक प्रतिशत अर्थात साढे ७० हजारको अवस्था जटिल रहेको र बाँकी ८६ लाख २६ हजारको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८२ लाख मानिसमा कोरोना पुष्टि भएको छ ।

जसमध्ये दुई लाख २२ हजारको ज्यान गएको छ । यस्तै भारतमा ७३ लाख ६५ हजारमा सङ्क्रमण पुष्टि हुँदा एक लाख १२ हजारको ज्यान गएको छ ।

५१ लाख ६९ हजारमा सङ्क्रमण पुष्टि भएको ब्राजिलमा १ लाख ५२ हजारको ज्यान गइसकेको वल्ड्रोमिटरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?