दार्चुलामा नेकपाको एकता सन्देश सभा सम्पन्न

दार्चुला । दार्चुला सदरमुकाम खंलगामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देश सभा सम्पन्न भएको छ । विभिन्न बाम घटकहरुबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टीको गठन भएपछि पार्टीको एकताका बिषयमा आम नागरिक र कार्यकर्तालाई जानकारी गराउन एकता सन्देश सभाको आयोजना गरिएको नेकपा दार्चुलाका नेता जमन सिंह धामीले बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीको नीति,सिद्धान्त र औचित्यका बिषयमा आम नागरिकलाई जानकारी गराउन सन्देश सभाको आयोजना गरिएको नेकपा नेता विनोद कुँवरले बताउनुभयो ।

विभिन्न कम्युनिष्ट पार्टीहरुबीच एकता भएपछि शक्ति प्रदर्शनको रुपमा समेत नेकपाले एकता सन्देश सभाको आयोजना गर्दै आएको छ । सुदूरपश्चिमका सबै जिल्लाहरुमा एकता सन्देश सभाको आयोजना गर्ने क्रममा आज दार्चुलामा सन्देश सभा सम्पन्न गरिएको धामीले बताउनुभयो ।

कार्यक्रममा नेकपाका बरिष्ठ नेता भिम रावल, भानुभक्त जोशी, प्रकाश शाह, खगराज भट्ट, लगायतका नेताहरुको उपस्थिति रहेको थियो । सन्देश सभामा बोल्दै नेताहरुले नागरिकको विकास र परिवर्तनको चाहनालाई पूरा गर्न नेपाली कम्युनिष्ट पार्टी गठन भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?