दार्चुला । नेकपा एमाले दार्चुला–काठमाडौं सम्पर्क मञ्चले दार्चुलाबाट नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित नेता गणेश सिंह ठगुन्नालाई सम्मान गरेको छ । विहिबार सम्पन्न एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएका ठगुन्नालाई बधाई तथा सम्मान गरिएको हो ।
शुक्रबार एमाले दार्चुला–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उपेन्द्र सिंह धामिको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।
कार्यक्रममा बोल्दै नेता ठगुन्नाले देशको विषम परिस्थितिमा पार्टीले दिएको जिम्मेवारी पुर्ण कर्तव्यका पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले जबजको मार्गनिर्देशनमा रहि जनताको सेवामा समर्पित हुने र दार्चुलाका जनतको हक हितका लागि जुनसुकै परिस्थिति आए पनि संघर्षबाट पछि हट्ने बताउनुभयो ।





प्रतिक्रिया