दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा रहेको कुस्मावती कृषि सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार (आज) लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लटिनाथ माध्यमिक विद्यालय चौपातामा संस्थाको ११औं साधारणसभा कार्यक्रम सम्पन्न भएको संस्थाका सचिव लोकेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष इश्वरी जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार २०७२ बैशाख २ गते २५ जना सेयर सदस्यसहित स्थापना गरिएको उक्त सहकारी संस्थामा २०८२ असार मसान्त सम्म ७ सय ५८ जना सेयर सदस्य र १ सय जना बालबचतकर्ता सदस्य रहेका छन् ।
अध्यक्ष जोशीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार हालसम्म संस्थाको बचत रकम २ करोड ३२ लाख ३ हजार १ सय २३ रुपैँया रहेको छ भने हाल २ करोड ५० लाख ५९ हजार ८ सय रुपैँया लगानीमा रहेको छ । सो अवधिमा संस्थाको कुल कारोबार २ करोढ ९१ लाख ७२ हजार ३ सय ५२ रुपैँया रहेको सस्थाका सचिव लोकेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष इश्वरी जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशीको प्रमुख आतिथ्यतामा रहेको संस्थाका व्यवस्थापक अम्बिर सिंह बोहराले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा लटिनाथ मावि चौपाता मावि संयोजक तथा संस्थाका पूर्व अध्यक्ष राजेन्द्र सिंह खत्री, लक्ष्मी सनराइज बैंक लेकम शाखाका म्यानेजर धर्मराज जोशी लगायत जनप्रतिनिधि, संस्थाका सेयर सदस्य, सुरक्षाकर्मी, पत्रकार लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो । ्





प्रतिक्रिया