दार्चुला । दार्चुलाको अपिहिमाल गाउपालिकामा छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ । आइतबार (आज) गाउँपालिकाको वडा नम्बर ४ स्थित सम्तेलीचौर खेलमैदानमा छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक गगन सिंह कार्कीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा प्रमुख आतिथ्यता रहेको गाउँपालिकाका शिक्षा अधिकृत मदन राज जोशीले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र सिंह बोहरा, वडा नम्बर २ का वडा अध्यक्ष राम सिंह धामी, वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र सिंह धामी, जिल्ला खेलकुद समिति दार्चुलाका कार्यालय प्रमुख श्यामराज अवस्थी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी र स्थानीयहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।
उद्घाट कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र सिंह साउँदले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षा अधिकृत मदन राज जोशीले गर्नु भएको थियो ।





प्रतिक्रिया