दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा छैँटौ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड आइतबारबाट सुरु भएको छ । जस अन्तरगत हिजो पहिलो दिन सञ्चालन भएका खेलहरुको फाइन समेत सम्पन्न भएको छ । जसअन्तरगत पहिलो दिन सम्पन्न ज्याभलिङ थ्रो छात्र तर्फ फाइनलमा खण्डेश्वरी माध्यमिक विद्यालय क्षेतीका आयुष सिंह धामीले प्रथम, महादेव मावि घुसाका सुवास धामी द्धितीय र भवानी मावि सौगन्नाका आयोश धामीले तृतीय स्थान प्राप्त गरेको जोशीले बताउनुभयो । त्यस्तै ज्याभलिङ थ्रो छात्रातर्फ महादेव मावि घुसाका अरिना धामी प्रथम, भवानी मावि सौगन्नाका अमृता ठगुन्ना द्धितीय र खण्डेश्वरी मावि क्षतीका लाहाना धामी तृतीय हुनुभएको छ ।
छात्र तर्फको १ सय मिटर ट्र्र्याक दौडमा भवानी मावि सौगन्नाका भुवन धामी प्रथम, खण्डेश्वरी मावि क्षतीका आयुस धामी द्धितीय र छिपुलकेदार मावि धंकका हृदेश महता तृतीय हुनुभएको छ । त्यस्तै छात्रा तर्फको १ सय मिटर दौडमा महादेव मावि घुसाका जयन्ती धामी प्रथम, भवानी मावि सौगन्नाका रेश्मी टमटा द्धितीय र खण्डेश्वरी मावि क्षतीका सुमित्रा ठगुन्ना तृतीय हुनुभएको छ ।
१५ सय मिटर ट्र्याक दौड छात्रा तर्फ भवानी मावि सौगन्नाका सर्मिला धामी प्रथम, छिपुलकेदार मावि धंकका सन्जिला देउरुखी द्धितीय र खण्डेश्वरी मावि क्षतीका अन्जली धामी तृतीय भएको जोशीले बताउनुभयो । छात्र तर्फको १५ सय मिटर ट्र्याक दौडमा महादेव मावि घुसाका प्रशान्त धामी प्रथम, खण्डेश्वरी मावि क्षतीका विक्रम धामी द्धितीय र छिपुलकेदार मावि धंकका सुरेन्द्र देउरुखी तृतीय हुनुभएको छ ।
त्यस्तै छात्र तर्फ लङजम्पमा महादेव मावि घुसाका लक्ष्मण सिंह धामी प्रथम, भवानी मावि सौगन्नाका सनिम धामी द्धितीय र खण्डेश्वरी मावि क्षतीका निवन्ध कार्की तृतीय हुनुभएको छ । छात्रातर्फ लङजम्पमा महादेव मावि घुसाका करिना धामी प्रथम, खण्डेश्वरी मावि क्षतीका सलिना ठेकरे द्धितीय र भवानी मावि सौगन्नाका पुर्णिमा महता तृतीय हुनुभएको छ ।
छात्र तर्फको ४ गुणा १ सय मिटर रिले दौडमा खण्डेश्वरी मावि क्षती प्रथम, महादेव मावि घुसा द्धितीय र भवानी मावि सौगन्नाले तृतीय स्थान र छात्रा तर्फ भवानी मावि सौगन्नाले प्रथन , खण्डेश्वरी मावि क्षतीले द्धितीय र महादेव मावि घुसाले तृतीय स्थान प्राप्त गरेको जोशीले बताउनुभयो ।
४ सय मिटर ट्र्याक दौडमा छात्रा तर्फ भवानी मावि सौगन्नाका रमिला धामी प्रथम, खण्डेश्वरी मावि क्षतीका मुना ठेकरे द्धितीय र महादेव मावि घुसाका मेनुका धामीले तृतीय स्थान तथा छात्र तर्फ भवानी मावि सौगन्नाका पुस्कर ठगुन्ना प्रथम, महादेव मावि घुसाका रोमन धामी द्धितीय र छिपुलकेदार मावि धंकका प्रकाश महर तृतीय हुनुभएको शिक्षा अधिकृत जोशीले बताउनुभयो ।
सटफुट छात्र तर्फ खण्डेश्वरी मावि क्षतीका निवन्ध कार्की प्रथम, महादेव मावि घुसाका सुवास धामी द्धितीय र छिपुलकेदार मावि धंकका शैलेन्द्र महता तृतीय हुनुभएको छ भने सटफुट छात्रा तर्फ खण्डेश्वरी मावि क्षतीका लाहाना धामी र महादेव मावि घुसाका सलिना बोहरा प्रथम, छिपुलकेदार मावि धंकका विपना धामी द्धितीय र भवानी मावि सौगन्नाका अमृता गठुन्नाले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा गाउँपालिका भित्रका ४ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको गाउँपालिकाका शिक्षा अधिकृत जोशीले जानकारी दिनुभयो।





प्रतिक्रिया