दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ घर भएका मनिराम लुहार भारतको बेङ्गलोरबाट सम्पर्क विहिन हुनुभएको छ । बेङ्गलोर स्थित आरिकेरी बेलेकहाल्ली जेपीनगर आसपास सेक्युरेटी गार्डको काम गर्ने लुहार आइतबार साँझ देखी सम्पर्क विहिन भएको लुहारका दाई कुमार लावडले जानकारी दिनुभयो ।
३ महिना अघि मात्रै रोजगारीको शिलशिलामा बेङ्गलोर पुगेका लुहार सम्पर्क विहिन भए पछि परिवारमा समेत चिन्ता छाएको उहाँले बताउनुभयो । बेपत्ता लुहारको खोजीको लागि सबैलाई आग्रह गर्दै कही कतै फेला परेमा भारतिय नम्बर ९६८६०५००३२ वा नेपाली नम्बर ९७६९९३०६३४ सम्पर्क गरिदिन अनुरोध गर्नुभएको छ ।





प्रतिक्रिया