कोरोनाबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ ।

बितेको २४ घण्टामा कोरोना भाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

उहाँका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । यससँगै कोरोना संक्रमितको कुल संख्या १२६,१३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?