दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा सञ्चालन भएको छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि पुस ६ गतेबाट गाउँपालिकाको वडा नम्बर ४ खात्ती स्थित सम्तेलीचौड खेल मैदानमा सञ्चालन भएको छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार (आज) सम्पन्न भएको गाउँपालिका शिक्षा अधिकृत मदनराज जोशीले जानकारी दिनुभयो ।
प्रतियोगितामा महादेव मा.वि घुसाले १३ स्वर्ण, ९ रजत र ३ काश्य गरि २५ पदक सहित प्रथम स्थान प्राप्त गरेको उहाँले बताउनुभयो । त्यस्तै ११ स्वर्ण, १० रजत र ६ काश्य गरि कुल २७ पदकसहित भवानी मा.वि. सौगन्ना द्धितीय हुँदा ५ स्वर्ण, ८ रजत र १४ काश्य गरि कुल २७ पदक सहित खण्डेश्वरी मा.वि. क्षेत्तीले तृतीय स्थान प्राप्त गरेको छ । त्यस्तै छिपुलकेदार मा.वि. धंकले २ स्वर्ण, ३ रजत र ७ काश्य गरि १२ पदकसहित सान्त्वना स्थान प्राप्त गरेको उहाँले बताउनुभयो ।
पदक जित्ने विद्यालय र खेलाडीहरु
ज्याभलिङ थ्रो छात्र तर्फ फाइनलमा खण्डेश्वरी माध्यमिक विद्यालय क्षेतीका आयुष सिंह धामीले प्रथम, महादेव मावि घुसाका सुवास धामी द्धितीय र भवानी मावि सौगन्नाका आयोश धामीले तृतीय स्थान प्राप्त गर्नुभएको थियो । त्यस्तै ज्याभलिङ थ्रो छात्रातर्फ महादेव मावि घुसाका अरिना धामी प्रथम, भवानी मावि सौगन्नाका अमृता ठगुन्ना द्धितीय र खण्डेश्वरी मावि क्षतीका लाहाना धामी तृतीय हुनुभएको जोशीले बताउनुभयो ।
छात्र तर्फको १ सय मिटर ट्र्र्याक दौडमा भवानी मावि सौगन्नाका भुवन धामी प्रथम, खण्डेश्वरी मावि क्षतीका आयुस धामी द्धितीय र छिपुलकेदार मावि धंकका हृदेश महता तृतीय र छात्रा तर्फको १ सय मिटर दौडमा महादेव मावि घुसाका जयन्ती धामी प्रथम, भवानी मावि सौगन्नाका रेश्मी टमटा द्धितीय र खण्डेश्वरी मावि क्षतीका सुमित्रा ठगुन्ना तृतीय भएको जोशीले बताउनुभयो ।
१५ सय मिटर ट्र्याक दौड छात्रा तर्फ भवानी मावि सौगन्नाका सर्मिला धामी प्रथम, छिपुलकेदार मावि धंकका सन्जिला देउरुखी द्धितीय र खण्डेश्वरी मावि क्षतीका अन्जली धामी तृतीय तथा छात्र तर्फको १५ सय मिटर ट्र्याक दौडमा महादेव मावि घुसाका प्रशान्त धामी प्रथम, खण्डेश्वरी मावि क्षतीका विक्रम धामी द्धितीय र छिपुलकेदार मावि धंकका सुरेन्द्र देउरुखी तृतीय हुनुभएको छ ।
छात्र तर्फ लङजम्पमा महादेव मावि घुसाका लक्ष्मण सिंह धामी प्रथम, भवानी मावि सौगन्नाका सनिम धामी द्धितीय र खण्डेश्वरी मावि क्षतीका निवन्ध कार्की तृतीय र छात्रातर्फ लङजम्पमा महादेव मावि घुसाका करिना धामी प्रथम, खण्डेश्वरी मावि क्षतीका सलिना ठेकरे द्धितीय र भवानी मावि सौगन्नाका पुर्णिमा महता तृतीय भएको गाउँपालिकाले जनाएको छ ।
छात्र तर्फको ४ गुणा १ सय मिटर रिले दौडमा खण्डेश्वरी मावि क्षती प्रथम, महादेव मावि घुसा द्धितीय र भवानी मावि सौगन्नाले तृतीय स्थान र छात्रा तर्फ भवानी मावि सौगन्नाले प्रथन , खण्डेश्वरी मावि क्षतीले द्धितीय र महादेव मावि घुसाले तृतीय स्थान प्राप्त गरेको थियो ।
त्यस्तै ४ सय मिटर ट्र्याक दौडमा छात्रा तर्फ भवानी मावि सौगन्नाका रमिला धामी प्रथम, खण्डेश्वरी मावि क्षतीका मुना ठेकरे द्धितीय र महादेव मावि घुसाका मेनुका धामीले तृतीय स्थान तथा छात्र तर्फ भवानी मावि सौगन्नाका पुस्कर ठगुन्ना प्रथम, महादेव मावि घुसाका रोमन धामी द्धितीय र छिपुलकेदार मावि धंकका प्रकाश महर तृतीय हुनुभएको शिक्षा अधिकृत जोशीले बताउनुभयो ।
सटफुट छात्र तर्फ खण्डेश्वरी मावि क्षतीका निवन्ध कार्की प्रथम, महादेव मावि घुसाका सुवास धामी द्धितीय र छिपुलकेदार मावि धंकका शैलेन्द्र महता तृतीय हुनुभएको छ भने सटफुट छात्रा तर्फ खण्डेश्वरी मावि क्षतीका लाहाना धामी र महादेव मावि घुसाका सलिना बोहरा प्रथम, छिपुलकेदार मावि धंकका विपना धामी द्धितीय र भवानी मावि सौगन्नाका अमृता गठुन्नाले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।
त्यस्तै २ सय मिटर ट्र्याक दौड छात्रा तर्फ महादेव मावि घुसाका जयन्ती धामीले प्रथम स्थान, भवानी मावि सौगन्नाका रेस्मी टमटाले द्धितीय र खण्डेश्वरी मावि क्षेतीका सुमित्रा ठेकरेले तृतीय स्थान प्राप्त गर्दा छात्र तर्फको २ सय मिटर ट्र्याक दौडमा भवानी मावि सौगन्नाका भुवन धामी प्रथम, खण्डेश्वरी मावि क्षेतीका आयुस सिंह धामी द्धितीय र छिपुलकेदार मावि धंकका हृदेश महताले तृतीय स्थान प्राप्त गर्नुभएको छ।
८ सय मिटर छात्र तर्फ महादेव मावि घुसाका प्रशान्त धामी प्रथम, भवानी मावि सौगन्नाका उपेन्द्र टमटा द्धितीय र खण्डेश्वरी मावि क्षेतीका बब्लु बोहराले तृतीय, ८ सय मिटर छात्रा तर्फ भवानी मावि सौगन्नाका रमिला धामी प्रथम, महादेव मावि घुसाका आकृती धामी द्धितीय र खण्डेश्वरी मावि क्षेतीका सुशिला टमटाले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।
३ हजार मिटर दौडमा छात्रा तर्फ छिपुलकेदार मावि धंकका संजिला देउरुखी प्रथम, भवानी मावि सौगन्नाका सर्मिला धामी द्धितीय र खण्डेश्वरी मावि क्षेतीका दर्शना ठेकरेले तृतीय स्थान प्राप्त गर्दा छात्र तर्फको ३ हजार मिटर दौडमा महादेव मावि घुसाका खगराज धामी प्रथम, भवानी मावि सौगन्नाका पुष्कर ठगुन्ना द्धितीय र खण्डेश्वरी मावि क्षेतीका विक्रम धामीले तृतीय स्थान प्राप्त गरेको शिक्षा अधिकृत जोशीले बताउनुभयो ।
छात्रातर्फको त्रिपलजम्पमा महादेव मावि घुसाका करिना धामी प्रथम, भवानी मावि सौगन्नाका रमिला धामी द्धितीय र छिपुलकेदार मावि धंकका इन्दिरा महराले तृतीय स्थान प्राप्त गर्दा छात्र तर्फ त्रिपलजम्पमा खण्डेश्वरी मावि क्षेतीका पियुस ठेकरे प्रथम, महादेव मावि घुसाका लक्ष्मण सिंह धामी द्धितीय र भवानी मावि सौगन्नाका सनिम धामीले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।
त्यस्तै हाइजम्पमा छात्रा तर्फ महादेव मावि घुसाका मेनुका धामी प्रथम, भवानी मावि सौगन्नाका पुर्णिमा धामी द्धितीय र खण्डेश्वरी मावि क्षेतीका जेसिका ठेकरे तृतीय हुँदा छात्र तर्फ छिपुलकेदार मावि धंकका प्रविन धामी प्रथम, भवानी मावि सौगन्नाका भुवन धामी द्धितीय र खण्डेश्वरी मावि क्षेतीका पियुस ठेकरेले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।
त्यस्तै छात्रा भलिबल तर्फ भवानी मावि सौगन्ना प्रथम, खण्डेश्वरी मावि क्षेती द्धितीय र महादेव मावि घुसा तृतीय हुँदा छात्र भलिबल तर्फ भवानी मावि सौगन्ना प्रथम, महादेव मावि घुसा द्धितीय र छिपुलकेदार मावि धंकले तृतीय स्थान प्राप्त गरेको छ ।
कबड्डी छात्रा तर्फ भवानी मावि सौगन्ना प्रथम, महादेव मावि घुसा द्धितीय र खण्डेश्वरी मावि क्षेती तृतीय हुँदा छात्र तर्फ महादेव मावि घुसा प्रथम, छिपुलकेदार मावि धंक द्धितीय र खण्डेशवरी मावि क्षेतीले तृतीय स्थान प्राप्त गरेको छ ।





प्रतिक्रिया