दार्चुला । बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको पन्चेश्वर गाउँपालिका वडा नम्बर १ का अन्दाजी २५ वर्षीय तेज बहादुर चन्द मृत फेला परेका हुन् ।
चन्द बुधबार (आज) पन्चेश्वर गाउँपालिका वडा नम्बर ४ को चौडली भन्ने स्थानमा सडक किनारमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बल्देव बडूले जानकारी दिनुभयो ।
आज विहान ८ः३० बजेको समयमा सडक छेउमा चन्दको शव देखेपछि स्थानीयले पहरीलाई खबर गरेका थिए । दुर्गम ठाउँ र यातायात असुविधाका कारण साँझ ५ बजेसम्म घट्नास्थलबाट शव उठाउन नसकिएको घट्ना स्थलमै रहनुभएका प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।





प्रतिक्रिया