लिङ्देन नेतृत्वको राप्रपा र  थापा नेतृत्वको राप्रपा नेपालबीच एकता हुने

दार्चुला । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता हुने भएको छ ।

एकता सम्झौतामा दुवै पार्टीका अध्यक्ष लिङ्देन र थापाले हस्ताक्षर गरेका छन् । एकतापछि लिङ्देन अध्यक्ष र थापालाई पूर्वअध्यक्षको हैसियत दिने सहमति भएको छ । हिजो सम्झौतामा हस्ताक्षर गरेपछि दुवैले एकअर्कासँग अंगालो मारेर खुशी साटासाट गरेका छन् ।

एकता घोषणा यही पुस १६ गते हुनेछ । चारवर्षअघि भएको पार्टी महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?