मालिकार्जुन आवि लेकम-६, उचाकोटको विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा धनी धामी

दार्चुला। दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन आधाभूत विद्यालय उचाकोटको विद्यालय व्यवस्थापन समिति पुर्गठन गरिएको छ । शुक्रबार (आज) विद्यालय व्यवस्थापन समिति निर्वतमान अध्यक्ष गणेश धामीको अध्यक्षतामा बसेको भेलाले धनि धामीको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गरेको स्थानीय तथा विद्यालयका अभिभावक धिरेन्द सिंह धामीले जानकारी दिनुभयो ।

अन्य सदस्यहरुमा बलदेव सिंह धामी, गिता धामी, जानकी धामी, धनसिंह धामी, सुना भाट र नन्दा सामन्त धामी चयन हुनुभएको उहाँले बताउनुभयो । त्यस्तै सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक बिरभद्र जोशी चयन हुनुभएको छ ।

त्यस्तै आजै नै विद्यालयको ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ । दान सिंह धामी संयोजक रहेको ११ सदस्यीय शिंक्षक अभिावक संघ गठन गरिएको विद्यालयका प्रधानाध्यापक विरभद्र जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?