दार्चुलाको मालिकार्जुन-३ मा रास्वपाको वडा समिति गठन

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)को वडा समिति गठन गरिएको छ ।

शुक्रबार (आज) वडा नम्बर ३ को मालिकार्जुन, मडमा बसेको भेलाबाट शेर सिंह धामीको सभापतित्वमा ७ सदस्यीय वडा समिति गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका सभापति राजेश सिंह सामन्तले जानकारी दिनुभयो ।

त्यस्तै उपसभापतिमा पदम सिंह धामी, सचिवमा किसन सिंह धामी चयन हुनुभएको छ। अन्य सदस्यहरूमा ईन्द्र सिंह धामी, गणेश सिंह धामी र बल्देब सिंह धामी चयन भएको सामन्तले बताउनुभयो ।

रास्पाले पछिल्लो समय दार्चुलामा संगठन विस्तार गरिरहेको छ । यस अघि हिजो शैल्यशिखर ५ र दुहुँ ४ मा वडा समिति गठन गरिएको सभापति सामन्तले जानकारी दिनुभयो ।
रास्वपाले मालिकार्जुन गाउँपालिका बाहेक जिल्लाका ८ वटा स्थानीय तहमा समेत पालिका समिति गठन गरिसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?