दार्चुलाको मार्मा-६ मा अवस्थित सिराडभूमी आवि छिपानको विव्यस गठन, अध्यक्षमा बसन्त कोट्टारी

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ६ मा रहेको सिराडभूमी आधारभूत विद्यालय छिपानको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

शुक्रबार (आज) समाजसेवी रतने सितोलीको अध्यक्षतामा बसेको अभिभावक भेलाले बसन्त सिंह कोट्टारीको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको विद्यालय शिक्षक सुन्दर सिंह कोट्टारीले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा कुन्दन सिंह डडाल, पशे कोट्टारी, रुपा देवी सितोली, मन्धिर सिंह सितोली, धुम्मरा देवी सितोली चयन हुनुभएको छ । शिक्षक सदस्यमा सुन्दर सिंह कोट्टारी र सदस्य सचिवमा प्रमे सिंह डडाल चयन हुनुभएको उहाँले बताउनुभयो ।

त्यस्तै शान्ती सितोलीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको शिक्षक कोट्टारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?