ढुङ्गा लागेर गम्भिर घाइते भएकी ११ वर्षीया थापाको मृत्यु

दार्चुला । दार्चुलामा विद्यालयबाट घर फर्कने क्रममा ढुङ्गा लागेर गम्भिर घाइते भएकी ११ वर्षीया बालिकाको मृत्यु भएको छ । सोमबार हिजो जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ७ स्थित लटिनाथ आधारभूत विद्यालय थालिगाडमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीया पुष्पा थापा ढुङ्गा लागेर घाइते हुनुभएको थियो। थापाको आज विहान डडेल्धुरा अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।

सोमवार दिउँसो विद्यालयबाट घर फर्कने क्रममा बाटोमाथिबाट खसेको ढुङ्गा लागेर पुष्पाकोदुबै खुट्टा भाँचिएको थियो । उहाँको दाँया खुट्टा घुडामुनि बाट छुट्टिएर अलग भएको थियो भने बाँया खुट्टामा पनि गम्भीर चोट रहेको थियो । थापालाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि रेफर गरिएको थियो ।

उहाँको स्वास्थ्य अवस्था थप जटिल बनेपछि डडेलधुरा अस्पतालमा राखिएकोमा उपचारको क्रममा आज विहान निधन भएको प्रहरी निरीक्षक भट्टले बताउनुभयो ,

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?