दोगडाकेदार गाउँपालिका वडा नं. ६ पनज्युनयाका २४ वर्षीय गोकर्ण जोशी, भारतको हिमाञ्चल प्रदेशबाट घर फर्कने क्रममा बस पार्क चण्डीगढ–१७ सेक्टर क्षेत्र बाट पुस १० गतेबाट सम्पर्कविहीन रहेका छन्।
करिब ५ महिना पहिले आफ्ना गाउँकै भतिज नाता पर्ने संग खाना पकाउने कामका लागि हिमांचल पुगेका जोशी घर फर्किने क्रममा चण्डीगढ १७ सेक्टर बस पार्क सम्म कम्पनीको गाडीमा आएका र त्यसपछि सम्पर्क विहिन भएका नेपालमा रहेका गोकर्णका दाइ विजय जोशीले बताउनुभयो ।
उक्त व्यक्तिसँग सम्बन्धित कुनै जानकारी प्राप्त भएमा वा सम्पर्कमा आउनु भएमा कृपया मोबाइल नं. ९८४८८३७२३२ मा अथवा नजिकैको प्रहरी चौकीमा सम्पर्क गरिदिनुहुन सबैमा अनुरोध गर्नुभएको छ।
भारतका लागि सम्पर्क नम्बर ९१८४३१९०६१४०
नेपालका लागि ९७६५३१८४६४





प्रतिक्रिया