गैसस महासंघ नेपाल दार्चुलाको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न, ताराकेशरीको नेतृत्वमा कार्यसमिति चयन

दार्चुला । गैरसरकारी संस्था महासंघ नेपाल, दार्चुलाको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार जिल्ला सदरमुकाम खलंगामा ताराकेशरी कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्दै पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अशोक राज ओझा, सचिवमा नरेन्द्र सिंह कार्की, सहसचिवमा खडक सिंह ठगुन्ना र कोषाध्यक्षमा शुक्लावती बुढाथोकी चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा प्रकाश सिंह सामन्त, पुष्पराज जोशी, कलावती जोशी, गगन विष्ट, राजेन्द्र धामी, विष्णा धामी, भगवती बडाल र विष्णु भट्ट गरि १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको सचिव नरेन्द्र सिंह कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार नयाँ नेतृत्वले जिल्लाभित्र क्रियाशील गैरसरकारी संस्थाहरूको सुदृढीकरण गर्दै सामाजिक विकासमा सक्रिय योगदान दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

गैरसरकारी संस्था महासंघ नेपाल दार्चुलाका निर्वतमान अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षता रहेको अधिवेशन उद्घाटन सत्रमा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू (कस्यप)को प्रमुख आतिथ्यता रहेको थियो भने गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?