एमालेको सचिवालय बैठक बस्दै

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज मङ्गलबार केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।

एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक बिहान ९ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ । एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ गते काठमाडौँमा बस्ने भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?