यसै वर्ष हुने आईसीसी टी–२० विश्वकपका निम्ति नेपालको राष्ट्रिय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार प्रतियोगिताका निम्ति रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा घोषणा गरेको हो ।
नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।
एनपीएलको उपाधी लुम्बिनी लायन्सलाई जिताउन शेरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनीसहित एनपीएलमा राम्रो प्रदर्शन गरेका बसिर अहमद र लोकेश बमले पनि टोलीमा कमब्याक गरेका छन् ।
भारत र श्रीलंकामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालको सबै खेल भारतको वान्खडे रंगशालामा हुनेछ ।
नेपाली टिम : रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल, लोकेस बम





प्रतिक्रिया