दार्चुला । गत शनिबार दार्चुलाको धापस्थित महाकाली नदी किनारमा फेला परेको बेवारिसे शवको पहिचान हुन सकेको छैन । यहि पुष १९ गते शनिबार महाकाली नगरपालिका वडा नम्बर ७ धाप स्थित महाकाली नदी किनारमा महिलाको शव फेला परेको थियो ।

अन्दाजी ५५-५६ वर्षीया महिलाको उक्त शवको शनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले बताउनुभयो । बेवारिसे शवको जिल्ला अस्पताल दार्चुलामा परिक्षण गरिएको थियो । उक्त शव परिक्षण पछि जिल्ला अस्पतालकै शवगृहमा राखिएको प्रहरी निरीक्षक भट्टले बताउनुभयो ।

शव फेला परेको विषयमा मातहतका सबै प्रहरी कार्यालय र अन्य माध्यमबाट समेत जानकारी गराइएको भए पनि हाल सम्म शवको पहिचान हुन सकेको छैन् । घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?