दार्चुलामा निर्वाचन सुरक्षाका लागि ९ सय ३० जना निर्वाचन प्रहरी भर्ना गरिने

दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दार्चुलामा ९ सय ३० जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार एक सूचना जारी गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना गरिने जनाएको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वीकृत “निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि–२०८२” अनुसार जिल्लामा ९ सय ३० जना निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

योग्यता पुगेका नेपाली नागरिकले पुस २५ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म, सार्वजनिक बिदाको दिनसमेत दरखास्त फाराम भर्न सक्ने प्रशासनले जनाएको छ।

दरखास्त फाराम जिल्ला प्रहरी कार्यालय दार्चुला तथा सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हे.क्वा. दार्चुलाबाट प्राप्त गर्न सकिने र सोही स्थानमा बुझाउन सकिने प्रशासनले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?