दुर्गेश्वरी मावि घोल्जरको अभिभावक भेला सम्पन्न, देबसिंह ठगुन्नाको अध्यक्षतामा विव्यस गठन

दार्चुला । मार्मा गाउँपालिका–१ स्थित दुर्गेश्वरी माध्यमिक विद्यालय घोल्जरको अभिभावक भेला सम्पन्न भएको छ। भेला मार्मा गाउँपालिका–१ का वडा अध्यक्ष कालुसिंह ठगुन्नाको अध्यक्षतामा सम्पन्न भएको हो। भेलामा जिल्ला समन्वय समिति सदस्य बलदेवसिंह ठगुन्ना, निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरकसिंह धामी लगायतको उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक मानसिंह ठगुन्नाका अनुसार भेलाबाट विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ तथा विपद् व्यवस्थापन समितिको सर्वसम्मत रूपमा गठन गरिएको छ ।

भेलाबाट गठित विद्यालय व्यवस्थापन समिति (विव्यस) को अध्यक्षमा देबसिंह ठगुन्ना चयन हुनुभएको छ। समितिका सदस्यहरूमा वकिलसिंह ठगुन्ना, मञ्जु ठगुन्ना, सुनिता टमटा, जगतसिंह ठगुन्ना, उजली ठगुन्ना र आशा टमटा (पदेन) रहनुभएको छ। समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक मानसिंह ठगुन्ना रहनुभएको छ।

यसैगरी, शिक्षक–अभिभावक संघको अध्यक्षमा उमेशसिंह ठगुन्ना चयन हुनुभएको छ। संघमा अध्यक्षसहित ११ जना सदस्य रहने विद्यालयले जनाएको छ।

भेलाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुधार तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?