दार्चुला । २ नगरपालिका र ७ गाउँपालिका गरि जम्मा ९ वटा स्थानीय तह रहेको दार्चुलामा ८ स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका छन् । भवन निर्माण गरेका ८ मध्ये १ नगरपालिका र ६ गाउँपालिकाले आफ्नै पालिका भवनबाट सेवा दिइरहेका छन् भने मालिकार्जुन गाउँपालिकाको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका, लेकम, अपिहिमाल, मार्मा, नौगाड, व्याँस र दुहुँ गाउँपालिकाले आफ्नै भवन निर्माण गरि कार्यालय सञ्चालन गरिरहेका छन् ।

दुहुँ गाउँपालिकाको भवन औपचारिक रुपमा पालिकालाई हस्तान्तरण तथा उद्घाटन गर्न बाँकी छ तर अहिले पालिकाले सम्पुर्ण प्रशासनिक कार्य आफ्नै भवनबाट सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दिनेश जोशीले बताउनुभयो ।

मालिकार्जुन गाउँपालिकाको पनि भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ । गाउँपालिकाको वडा नम्बर ८ शंकरपुरमा निर्माण भइरहेको सुविधा सम्पन्न पालिका भवनको ९५ प्रतिशत काम सम्पन्न भईसकेको गाउँपालिकाका सूचना अधिकारी लोकेन्द्र सिंह धामीले बताउनुभयो ।

यसरी जिल्ला सदरमुकाममा रहेको महाकाली नगरपालिका बाहेक सबै स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरिसकेका छन् । महाकाली नगरपालिकाले भने अहिले सम्म भवन निर्माण प्रक्रिया नै अगाडी बढाउन सकेको छनै । अहिले नगरपालिकाले कर्मचारी आवास केन्द्रको भवनबाट सेवा सञ्चालन गरिरहेको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिकाले २०८२ साल पुस २१ गतेबाट आफ्नै पालिकाबाट सेवा सुरु गरेको छ । १० करोड १९ लाख लागतमा नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वरमा भवन निर्माण गरि सेवा सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्टले बताउनुभयो ।

लेकम गाउँपालिकाले पनि गत साउनबाट आफ्नै भवनमार्फत कार्यालय सञ्चालन गरिरहेको छ । ५ करोड १० लाख ६४ हजार ३ सय ३२ रुपैयाँ बजेटमा गाउँपालिकाको वडा नम्बर ४ रातामाटामा प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक राज जोशीले बताउनुभयो ।
गत साउनबाट गाउँपालिकाले सम्पुर्ण प्रशासनिक कार्य आफ्नै भवनबाट गरिरहेको उहाँले बताउनुभयो ।

जिल्लाको दुहुँ गाउँपालिकाले पनि हाल आफ्नै प्रशासकीय भवनबाट सेवा दिइरहेको छ । ७ करोड बढी लागतमा गाउँपालिकाको वडा नम्बर २ हिकिलामा निर्माण गरिएको आफ्नै प्रशासकीय भवनबाट सेवा दिन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश जोशीले बताउनुभयो ।

भवन निर्माण सम्पन्न भए पनि निर्माण पक्षले पालिकालाई हस्तान्तरण गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

जिल्लाको मार्मा गाउँपालिकाले आर्थिक बर्ष २०७९।०८० बाटै आफ्नै भवनबाट सेवा सञ्चालन गरेको थियो भने अपिहिमाल, नौगाड र व्याँस गाउँपालिकाले पनि गत आर्थिक वर्षबाट आफ्नै भवनमा कार्यालय सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?