दार्चुुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको केदारनाथ आधारभूत विद्यालय भरडकोट, वित्थडको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पुर्नगठन गरिएको छ। शुक्रबार (आज) गणेश सिंह विष्टको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति र नरेन्द्र सिंह साउदको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको विद्यालयका प्रधानाध्यापक ओमप्रकाश रानाले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरुमा प्रेम सिंह साउद, गजेन्द्र सिंह साउद, रेवती साउद र पार्वती साउद चयन हनुभएको छ । शिक्षक प्रतिनिधिमा पुष्कर राज जोशी सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक ओमप्रकाश राना चयन हुनुएको नवनिर्वाचित विव्यस अध्यक्ष विष्टले बताउनुभयो ।
त्यस्तै आज नै नरेन्द्र सिंह साउदको अध्यक्षतामा ११ सदस्सीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया