दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ मा रहेको सत्यप्रकास माध्यमिक विद्यालय देथलाको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार (आज) विद्यालय व्यवस्थानि समिति अध्यक्ष डम्बरबहादुर पालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगरउप प्रमुख शान्ति खडायत, प्रमुख प्रशाससकिय अधिकृत सुरेन्द्र बहादुर विष्ट विशिष्ट आतिथ्यता रहेको विद्यालयका प्रधानाध्यापक नरेश जोशीले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज, प्रहरी निरीक्षक निरज सिंह भाट लगायत शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवालाको उपस्थिती रहेको उहाँले बताउनुभयो ।
वार्षिकोत्सव समारोहको अवसरमा शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केशव दत्त जोशीले विद्यालयमा अध्ययनरत टुहरा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका लागि ९ हजार रुपैँया सहयोग गर्नुभएको प्रधानाध्यापक जोशीले बताउनुभयो । साथै वडा अध्यक्ष जोशीले सत्यप्रकाश माध्यमिक विद्यालयको अक्षय कोषमा ५ हजार २५ रुपैँया गरि विद्यालयलाई जम्मा १५ हजार २५ रुपैँया सहयोग गर्नु प्रधानाध्यापक जोशीले बताउनुभयो । विद्यालय तथा विद्यालर्थीको शैक्षिक सुधारको लागि वडा अध्यक्ष जोशीले गरेको सहयोगको लागि विद्यालय परिवारले उहाँलाई धन्यवाद ज्ञापन गरेको प्रधानाध्यापक जोशीले बताउनुभयो ।
कार्यक्रममा प्रधानाध्यापक जोशीले विद्यालयको गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार गत आर्थिक वर्षमा विद्यालयको कुल आय १ करोड १४ लाख २२ हजार ३ सय १५ रुपैँया र सोही अवधिको व्यय १ करोड ८ लाख ५७ हजार १ सय ५७ रुपैँया रहेको छ । विद्यालयको सो अवधिको बचत ६ लाख ४२ हजार ६ सय ८ रुपैँया रहेको प्रधानाध्यापक जोशीले बताउनुभयो ।
वार्षिकोत्सव समारोहको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया