रास्वपाद्वारा उज्यालो नेपालसँगको सहकार्य सम्भावना अन्त्य भएको एकतर्फी घोषणा

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टीले उज्यालो नेपालसँगको सहकार्य सम्भावना अन्त्य भएको एकतर्फी घोषणा गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले मानेको लोकतान्त्रिक सिद्धान्तमा पुनर्विचार गरेर नयाँ राजनीतिक सिद्धान्त बनाउनुपर्ने माग राखेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेतृत्वले असहमति जनाएको हो।

अवस्था परिवर्तन गर्ने अभियान हो व्यवस्था र संविधानमा विमति नरहेको स्पष्ट धारणा रास्वपाले राखेपछि त्यसमा कुरा नमिलेको उज्जालो नेपालका नेताहरुको दाबी छ।

संघीयता र धर्मनिरपेक्षता लोकतान्त्रिक गणतान्त्रिक संरचनाको कुरामा उज्यालो नेपाल पार्टीले फरक धारणा राख्नुपर्ने बताएका थिए। पदाधिकारीमा अहिले भएकोमा थप तीनवटा पद दिनुपर्ने शर्त कुलमानले राखेको रास्वपाका प्रवक्ता मनिष झाले बताउनुभयो। ‘साथै वरिष्ठ उपसभापति कुलमानजीलाई दिनुपर्ने। थप एक महामन्त्री राखेर त्यो उज्यालो नेपाल पार्टीको भागमा पर्नुपर्ने शर्त राखेपछि कुरा मिलेन’ झाले भन्नुभयो ।

आसन्न निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीको लागि सिट तोकेरै जानुपर्ने उज्यालो पार्टीको मागमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वले विमति जनाएको छ। भविष्यमा सरकार बन्दै गर्दाखेरि सृजना हुने राज्यको विभिन्न अवसरहरूको बारेमा अहिले भागबण्डा गरेर अगाडि बढ्नुपर्ने धारणा कुलमान पक्षको रहेको थियो।

झाले भन्नुभयो, ‘यो देश बदल्ने अभियान हो। यहाँ एउटा निर्वाचन र त्यसको उपलब्धिमै सबै छलफल सिमित नगरौँ। भन्ने आफ्नो तर्क दोहोर्याएको थियो। यस प्रकारका मागहरू राखेका कारण सहमति हुन नसकेपछि रास्वपा र उज्यालो नेपाल पार्टीबीचको सहकार्य औपचारिक रुपमा टुंगिएको घोषणा मात्र हुन बाँकी रहेको अवस्थामा टुंगिएको छ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?